सिभिल बैंकको नयाँ शाखा झापाको भद्रपुरमा विस्तार

Image
बैंकिङ संसार  काठमाडौँ - सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका सञ्चालक प्रकाश तायलले गरे । शाखा उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठ भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । सिईओ गुरुङले सिभिल बैंकले आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।

'बैंकिङ सेरोफेरो' टेलिभिजन कार्यक्रमको समय परिवर्तन, अव शनिबार राती ८:४५ बजे प्रशारण हुने !

Image
बैंकिङ संसार  काठमाडौँ - नेपाल टेलिभिजन न्यूज एचडि च्यानलमा हरेक बुधबार बेलुकी ८ :५० बजे प्रशारण भइरहेको लोकप्रिय कार्यक्रम बैंकिङ सेरोफेरोको समय परिवर्तन भएको छ । प्रशारणको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल उक्त कार्यक्रम अव उपरान्त उपरान्त हरेक शनिबार ८:४५ बजे प्रशारण हुने भएको छ । दर्शकको चाहानाबमोजिम कार्यक्रमको समय अझ प्राइम समयमा पर्नेगरी परिवर्तन गरिएको कार्यक्रम निर्माता रंघम राज अर्यालले बताएका छन् । 'शनिबार एकदम 'पिक' समय भएकाले हामी अझै धेरै दर्शकसम्म पुग्ने भएका छौं । दर्शकको इक्षा अनुसार नै कार्यक्रमको समय परिवर्तन गरेका छौं ।' उनले भने । यो कार्यक्रम नेपाली टेलिभिजन क्षेत्रकै एक मात्र पूर्ण रुपमा बैंकिङ सम्बन्धि कार्यक्रम हो ।

नेपाल बङ्गलादेश बैंकद्वारा रत्न पुस्तकालयलाई नगद १ लाखसहित पुस्तक हस्तान्तरण

Image
बैंकिङ संसार  काठमाडौँ - नेपाल बंगलादेश बैंकले नयाँबानेश्वर, काठमाडौँस्थित रत्न पुस्तकालयलाई १२हजार १७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु लगायत सोही पुस्तकालयद्वारा संचालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो रकम तथा किताबहरु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले पुस्तकालयका अध्यक्ष शशीबिक्रम राणालाई हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले गर्यो उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनाको लागि २ लाख आर्थिक सहयोग

Image
बैंकिङ संसार  काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनार्थ रु २ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक राणाले देशको आर्थिक तथा सामाजिक विकासमा शिक्षाको योगदानको चर्चा गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामले समाजलाई प्रत्यक्ष फाइदा पुगेकोे बताए । उहाँले यस्ता सामाजिक कार्यले बैंकलाई जनतामाझ पु¥याउन सहयोग पुगेको बताउँदै उग्रचण्डी नाला समाजलाई सहयोग गर्न पाएकोमा खुशीसमेत व्यक्त गरे । उग्रचण्डी नाला समाजका अध्यक्ष श्रेष्ठले बैंकबाट प्राप्त रकमबाट शैक्षिक छात्रवृत्ति कोषको स्थापनामा प्रयोग गरिने र त्यसबाट प्राप्त व्याज रकमबाट चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिकरुपमा छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प

कामना सेवा विकास बैंकको नयाँ शाखा पोखराको पुरुन्चौरमा विस्तार, कति पुग्यो शाखा संख्या ?

Image
बैंकिङ संसार  काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा साउन ६ गते ९७औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले 'सुन्दर नगरि' पोखराका विभिन्न होटलमा ३०%सम्म छुट पाउने !

Image
काठमाडौ । एनआईसी एशिया बैंक र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन । यसैगरी एन आई सी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई टीका रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत बैंकिङ्ग सेवा दिदै आएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकले दियो नवलपरासीको पृथ्वीचन्द्र अस्पताललाई विभिन्न सामाग्री

Image
बैंकिङ संसार  काठमाडौं - महालक्ष्मी विकास बैंकको परासी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पृथ्वीचन्द्र अस्पताल, रामग्राम नवलपरासीलाई तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, वाटर प्युरिफायर तथा वाटर मोटर मेसिन निःशुल्क जडान गरेको छ । बैंकको उक्त शाखाले अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरी उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो । बिरामीहरुका लागि पर्याप्त मात्रामा तातो चिसो पानीको व्यवस्था मिलाउने उद्देश्यले बैंकद्वारा अस्पताललाई वाटर डिस्पेन्सर र वाटर प्युरिफायर वितरण गरिएको हो । यसका साथै उक्त अवसरमा अस्पतालका बिरामीहरुका लागी फलफुल पनि वितरण गरिएको थियो ।

एनआइसी एसिया बैंकको ४४ लाख इकाई ऋणपत्र बिक्री खुल्यो, अवधि ७ वर्ष, १०.२५ प्रतिशत ब्याज पाईने

Image
बैंकिङ संसार  काठमाडौं - एनआइसी एसिया बैंकको सोमबारदेखि ४४ लाख इकाई ऋणपत्र बिक्री खुल्ला भएको छ । कुल ४४ लाख इकाई ऋणपत्रमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने बाँकी २६ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अरु संघसंस्थालाई बिक्री गर्नेछ ।  वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइने उक्त ऋणपत्रमा लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा ऋणपत्र पुरै बिक्री नभएको खण्डमा भदौ ३ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । प्रतिइकाई १ हजार रुपैयाँको सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्मका लागि आवेदन दिन पाईनेछ ।  एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३.८४’ नाममा ऋणपत्र बिक्री गरको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ ।  यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराहन्न ३ बजे बोलकबोल...!

Image
बैंकिङ संसार  काठमाडौं - नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ९१ दिनको लागि जारी हुन लागेको उक्त ट्रेजरी बिल सोमबार अपराहन्न ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७६ साल कात्तिक ५ गते परिपक्व हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यस्तो बिल बिक्री गरिन्छ ।

कुमारी बैंकको बोनस सेयरमा झन्झट, लगानीकर्ताले पहिला कर तिर्नुपर्ने !

Image
बैंकिङ संसार  काठमाडौं - कुमारी बैंक लिमिटेडको बोनस सेयर पाउन पहिले नै कर तिर्नुपर्ने भएको छ । बैंकको २१.२५ प्रतिशत बोनस सेयर पाउन पहिले नै कर तिर्नुभर्ने भएको हो । बैंकका अनुसार पहिला लगानीकर्ताले बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने छ ।  लगानीकर्ताले कुमारी बैंकको जुनसुकै शाखाबाट खाता नम्बर ०३११५०२००१०२० मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् भने भौचर भर्दा सेयरधनीको पूरा नाम र डिम्याट नम्बर उल्लेख गर्न पनि बैंकले आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष २०७३–७४ को नाफाबाट १२.७५ प्रतिशत र २०७४–७५ को नाफाबाट ८.५० प्रतिशत गरी कुल २१.२५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।

माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र बिक्री खुल्यो : १०.२५% ब्याज पाइने, कहाँ जाने भर्न ?

Image
बैंकिङ संसार  काठमाडौं - माछापुच्छ्रे बैंकको सोमबारदेखि ३० लाख इकाई ऋणपत्र आएको छ । कुल ३० लाख इकाई ऋणपत्रमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।  वार्षिक १०.२५ प्रतिशत ब्याज पाइने उक्त ऋणपत्रमा लगानीकर्ताले साउन ९ गतेसम्म आवेदन दिन पाउनेछन् । त्यो अवधिसम्ममा सो ऋणपत्र बिक्री नभएको खण्डमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ भने न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ ।  माछापुच्छ्रे बैंकले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । यो ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकिएको छ ।

महेन्द्रनगरको आन्तरिक राजश्व कार्यालय परिसरमा ग्लोबल आइएमई बैंक लिमिटेडको २९औं एक्सटेन्सन काउण्टर

Image
बैंकिङ संसार  काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । उक्त काउण्टरको आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्मा (पंगेनी) ले उद्घाटन गरेका हुन् । बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।  महेन्द्रनगरमा एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकको एक्सटेन्सन काउण्टरको संख्या २९ पुगेको छ । उक्त अवसरमा बोल्दै प्रमुख कर अधिकृत शर्माले बैंकले ग्राहकको सन्तुष्टीलाई मध्यनजर गरी उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे । सेवाग्राहीको बढ्दो चापका कारण एक्सटेन्सन काउण्टर खोलिएको जानकारी दिए । ग्लोबल आइएमई बैंक महेन्द्रनगर शाखाका शाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले बैंकले सेवाग्राहीको हितलाई ध्यानमा राखेर काम गर्ने बताउदैं प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धतासमेत जनाए।

कामना सेवा विकास बैंक र आइएमई मोटर्स प्रालिबीच व्यापार सम्बन्धी सम्झौता

Image
बैंकिङ संसार  काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रालि बीच व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आइएमई मोटर्स प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लैलेण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्ने छन् । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्स प्रालिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता, ७०० व्यवसायीहरु लाभान्वित हुने अपेक्षा !

Image
बैंकिङ संसार  काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरुसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा बोल्दै सहायक महाप्रबन्धक रेग्मीले विगत देखिनै ग्लोबल आइएमई बैंक र फलफूल व्यवसायीहरुबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल बैंक थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायीकसंस्थाबीचको सामिप्यता अझ बढ्ने विश्वास व्यक्त गरे । उनले सम्झौतापछि संघ/संस्थामा आबद्घ व्यवसायीहरुले सस्तो, सरल तथा सूलभ ब्याज दरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकोले व्यवसायीहरुलाई यसको भरपूर फाइदा लिन आग्रह गर्दै यसबाट फलफूल तथा तरकारी बजारको थप विकास एवम् बिस्तारमा टेवा पुग्ने धारणा राखे । सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थामा आबद् करिब ७०० फलफूल तथा तरकारी व्यवसायीहरु ल

म्याग्दी र नवलपरासीमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, कति पुग्यो शाखा संख्या ?

Image
बैंकिङ संसार  काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा शाखा बिस्तार गरेको छ । साउन ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । योसँगै अब बैंकको शाखा संख्या ९६ पुगेको छ । बेनीशाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतकोउपस्थिति रहेको थियो । यसैगरी गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत एनसीसी बैंकले गर्यो भक्तपुरको युसेप नेपाललाई ५ लाख सहयोग

Image
बैंकिङ संसार  काठमाडौं - एनसीसी बैंक भक्तपुर जिल्लाको युसेप नेपाल नामक बाल सुधार गृहलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  उक्त सहयोग उपलब्ध गराईएको हो । गत असार ३० गते एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका लागि गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेको बैंकका प्रबक्ता बन्दना पाठकले जानकारी दिइन् ।

गण्डकी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग्यो, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

Image
बैंकिङ संसार काठमाडौं - गण्डकी विकास बैंकले विभिन्न पदमा लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप अफिसर, असिस्टेन्ट लेबल, ट्रेनी असिस्टेन्ट, इन्टरनेट अडिटरमा पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक नागरिक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भयाकेन्सी नोटिससहित)

Image
बैंकिङ संसार  काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्स म्यानेजर, रिलेशनसिप म्यानेजर र सर्भिस म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।  ईच्छुक नागरिक तथा योग्यता पुगेका व्यक्तिले जुलाई ३० सम्म आवेदज दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’ सञ्चालनमा, १४ लाख १० हजार बराबरको बीमा सुविधा

Image
बैंकिङ संसार काठमाडौँ  - आर्थिक वर्ष २०७६/७७ को सुरुवातसंगै माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे स्मार्ट बचत खाता’ मा १४ लाख १० हजार बराबरको बीमा सुविधा थप गरेको छ । बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख तथा अस्पताल भर्नामा १ लाखसम्मको उपचार खर्च प्रदान गर्नेछ भने वार्षिक रुपमा १० हजार सम्मको औषधी खर्च समेत उपलब्ध गराउने छ । १ बर्ष अगाडि बिमा सुविधा, औषधि उपचार खर्च, अस्पताल भर्ना लगायतका बिभिन्न विशेषताहरुको साथमा सुरु गरेको स्मार्ट बचत खाताप्रति ग्राहकहरुमा बढ्दै गएको आकर्षणलाई लक्षित गरी उक्त बचत खातामा विषेशताहरु थप गरेको हो । रु।५ हजार न्यूनतम मौज्दातमै खोल्न मिल्ने माछापुच्छ्रे बैंकको स्मार्ट बचत स्मार्ट बचत खाताको बीमा सुविधाअन्तर्गत विभिन्न समयमा ग्राहकहरुले बीमा रकम प्राप्त गरिसकेका छन् । जस अन्तर्गत बैंकले हालसम्म ११५ जना भन्दा बढी ग्राहकलाई बीमा रकम प्रदान गरिसकेको छ । बैंकले स्मार्ट बचत खोले बापत ग्राहकहरुलाई निःशुल्क इन्टरनेट बैंकिङ्ग, निःशुल्क एमबीएल मोबाईल मनी, निःशुल्क डिम्याट खाता, निःशुल्क

हिमालयन बैंकको ३० लाख युनिट ऋणपत्र बिक्री खुला : ७ वर्ष अवधि, कति पाइन्छ ब्याज ?

Image
बैंकिङ संसार काठमाडौं - हिमालयन बैंकले बिहीबारदेखि ३० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको छ । कुल ३० लाख युनिटमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला भएको छ भने सामूहिक लगानी कोषलाई ६० हजार युनिट छुट्याइएको छ । बैंकले बाँकी १८ लाख युनिट आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्नेछ ।  बैंकले ७ वर्ष अवधिको ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई तोकिएको छ । बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको हो । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ ।