काबेली विकास बैंकसहित २ कम्पनीका ७ लाख ८० हजार ९५६.४० कित्ता बोनस सेयर सुचिकृत
- बैंकिङ संसार
काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहिबार २ कम्पनीको ७ लाख ८० हजार ९५६.४० कित्ता बोनस सेयर सुचिकृत भएको छ । सूचिकृत हुनेमा काबेली विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन्।
काबेली विकास बैंकको ७ लाख ३७ हजार ०६६.४० कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ४३ हजार ८९० कित्ता सेयर बोनस सुचिकृत भएको छ ।