सेन्चुरी कमर्सियल बैंकले गर्यो ६.५% लाभांश घोषणा, बोनस र नगद कति ?
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiqyuBpHc_6-dY-RrX5z3kRg8fGBnPH-VYHpjcyroVLuV_7Jt_t2tGMNLHxoNQZjgb3pNa_T6wBiroBViIvHeJ3uayShY1F-gSAVGSQay4o6PLfoVXrK1HfdnObTzykSbL4ELmtB_4XvrVK/s640/century.jpg)
काठमाडौं - सेन्चुरी कमर्सियल बैंकले लगानीकर्ताहरुलाई ६.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद गरी कुल ६.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाँमा सो लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ पुग्नेछ ।