अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने
काठमाडौं - अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सम्झौता भएको छ । इन्स्योरेन्स र बैंक आपसमा सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको हो ।
सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि मेगा बैंकका सम्पुर्ण ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।